कास्कीको मादीमा अध्यक्ष कप भलिबल प्रतियोगिता, उपाधि राशी ३ लाख

पाेखरा | फागुन ९, २०८०

कास्कीको मादीमा अध्यक्ष कप भलिबल प्रतियोगिता, उपाधि राशी ३ लाख

पोखरा:   कास्कीको मादी गाउँपालिकाले स्थापना दिवसमा  प्रथम पालिकास्तरीय अध्यक्ष कप पुरुष भलिबलसँगै विविध कार्यक्रम गरेर मनाउने भएको छ । 

 

गाउँपालिकाले आज (बुधबार) पोखरामा पत्रकार सम्मेलन गर्दै स्थापना दिवस फागुन २७ देखि २९ गतेसम्म मादी–३ याङ्जाकोटमा कार्यक्रम गरी मनाउने जानकारी दिएको हो । 


मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले गण्डकी प्रदेशस्तरीय पालिका अध्यक्ष कप भलिबलसँगै विविध कार्यक्रम गरेर गाउँपालिका स्थापना दिवस मनाउन लागेको बताए । 


‘हामीले गाउँपालिका स्थापना दिवस फागुन २७ देखि २९ गतेसम्म विविध कार्यक्रम आयोजना गरेर मनाउँदै छौं’, अध्यक्ष गुरुङले, ‘स्थापना दिवसमा भलिबल प्रतियोगिता देखि, कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न विविध कार्यक्रम आयोजना गरेको छौं ।’


उनका अनुसार फागुन २७ देखि सञ्चालन हुने गण्डकी प्रदेशस्तरीय पालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले २ लाख, तेस्रो हुनेले १ लाख र सान्त्वना हुने पालिकाले ५० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 


यस्तै विधागततर्फ उत्कृष्ट खेलाडी,उत्कृष्ट सर्भर, ब्लकर, सेटर, लिब्रो, स्पाइकर र प्रशिक्षकले नगद पुरस्कार प्राप्त गर्नेछन् ।


यस्तै पालिकाले स्थापना दिवसको अवसरमा पालिका भित्र कार्यरत शिक्षकहरुबीच हाजिरी जवाफ प्रतियोगिता समेत आयोजना गर्ने भएको छ । हाजिरी जवाफ प्रतियोगिताको विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 


पालिकाले स्थापना दिवसको अवसरमा उत्कृष्ट विद्यालय, शिक्षक, स्वास्थ्य स्वयमसेविका, उपभोक्ता समिति, टोलसुधार समिति, सहकारी र जेष्ठ नागरिकहरु मध्येबाट ग्राम पिता र मातालाई सम्मान गर्ने जनाएको छ ।  

पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ ।   पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ ।   बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतिय...

थप पढ्नुहोस्

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई  प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ ।   अख्तियार द...

थप पढ्नुहोस्